कान्ति लोकपथमा ट्रक दुर्घटना, एक जना घाइते

कान्ति लोकपथमा ट्रक दुर्घटना, एक जना घाइते

हेटौँडा : बुधबार राति कान्ति लोकपथ अन्तर्गत मकवानपुर–१ लेनडाँडामा ट्रक दुर्घटना भएको छ। दुर्घटनामा ट्रक चालक सिन्धुली, दुधौली–१४ का २४ वर्षीय टुल्कु सिंह तामाङ घाइते भएका छन्।

उनकाे हेटौँडा अस्पतालमा उपचारका भइरहेकाे छ ।

हेटौँडाबाट काठमाडौँ गइरहेको म.प्र.०३–०० २ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र काठमाडौँबाट आइरहेको म.प्र.०३–०० २ ख ४५०१ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 दुर्घटनापछि कान्ति लोकपथमा एकतर्फ यातायात सञ्चालन भएको छ।

फागुन २८, २०८२ बिहीबार ११:४९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।