सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य आज दुई हजार रूपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी ताेलामा ई सय पाँच रूपैयाँ घटेर पाँच हजार पाँच सय १५ कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियाे।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन २८, २०८२ बिहीबार ११:०८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।