प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना सेवाग्राहीलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गरेर आयकर ऐन, २०६३ बमोजिम करकट्टीको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।
विज्ञप्तिअनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको कर (TDS) को विवरण आयकर प्रणालीको 'अनुसूची १०' मा प्रविष्ट गर्न र कर चुक्ता प्रमाणपत्र सहजै प्राप्त गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक नभएको अवस्थामा ई-टिडीएसमा ब्याज कर दाखिला नहुने र त्यसपछि हुने कर समायोजनको प्रक्रियामा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ।
बैंकको पोर्टल (panupdate.nicasiabank.com), मोबाइल बैंकिङ्ग एपको 'PAN Update' विकल्प वा नजिकैको शाखा कार्यालयमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, इमेल ठेगाना अद्यावधिक गर्न बैंकको भिडियो केवाईसी, मोबाइल बैंकिङ्गको 'My Profile' मा रहेको 'Change Email Option' वा शाखा कार्यालयको सहयोग लिन सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिएका छन्।
फागुन २७, २०८२ बुधबार ०८:५४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।