काठमाडौंको कपनमा खुल्यो 'करेन्ट मार्ट' को दोस्रो आउटलेट,ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १० प्रतिशत विशेष छुट
काठमाडौं : नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा परिचित ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले काठमाडौँको कपनमा आफ्नो दोस्रो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ।
यसअघि काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा (रिलायन्स कलेज नजिक) दोस्रो शाखा विस्तार गरेको हो।
नयाँ शाखा उद्घाटनको अवसर पारेर ग्राहकहरूलाई मार्टमा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर श्री जी. पी. शाह र डाइरेक्टर श्री प्रकाश पौडेल ले संयुक्त रूपमा नयाँ आउटलेटको उद्घाटन गरेका थिए। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरू, ग्राहक तथा शुभचिन्तकहरूको उपस्थिती रहेको थियो।
यस नयाँ ‘करेन्ट मार्ट’ मा उपभोक्ताले कम्पनीका लोकप्रिय नुडल्स, विभिन्न प्रकारका स्न्याक्स, चिया र मसलाहरू एकै छानामुनि प्राप्त गर्न सक्ने जानकारी दिएका छन्।
उद्घाटनका क्रममा बोल्दै जी.पी. शाहले बानेश्वर शाखामा उपभोक्ताहरूले देखाएको माया र विश्वासले गर्दा नै अन्य स्थानमा सेवा विस्तार गर्न उत्साहित बनाएको बताए। उनले कपन र आसपासका उपभोक्ताहरूलाई आफ्नै टोलबाट ताजा तथा गुणस्तरीय उत्पादन खरिद गर्न र १० प्रतिशत छुटको अफरबाट फाइदा लिन अनुरोध गरेका छन्।
सन् २०१७ मा स्थापित यशोदा फुड्सले हाल विश्वका २२ भन्दा बढी देशहरूमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ।
फागुन २६, २०८२ मंगलबार १६:५९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।