समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति?

समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति?

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ। १ करोड ४ लाख ४३ हजार २७२ मत गणना हुँदा रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, एमालेले १४ लाख १३ हजार ६९ मत प्राप्त गरेको छ।

त्यस्तै, चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६८ हजार ३२७ मत पाएको छ।

अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ३७५ मत प्राप्त गरेको छ।

यही फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फत १२५ सिट जितेको छ। यस्तै, नेपाली कांग्रेसले १८, एमालेले ९, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेका छन्।

यसैगरी, स्वतन्त्र उम्मेदवार महावीर पुनले पनि चुनाव जितेका छन्।

फागुन २६, २०८२ मंगलबार ११:३६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।