समानुपातिक मतगणना अपडेट : ९१ लाख मत गन्दा कुन दलको स्थिति कस्तो ?

समानुपातिक मतगणना अपडेट : ९१ लाख मत गन्दा कुन दलको स्थिति कस्तो ?

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। समाचार तयार गर्दासम्म ९१ लाख ५३ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४४ लाख २१ हजार मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १४ लाख ७९ हजार, एमालेले १२ लाख ४० हजार, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ६५ हजार, श्रम संस्कृति पार्टीले तीन लाख १६ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९५ हजार मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको मतगणना प्रबिष्ट प्रणालीका अनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ४१ हजार, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३८ हजार, जनमत पार्टीले ६३ हजार र राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टीले ५० हजार मत प्राप्त गरेको छ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२४ उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेस १७, एमाले आठ, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्।

जारी मतगणनामा रास्वपा, कांग्रेस र एमालेले एक/एक क्षेत्रमा अगाडि रहेका छन्। गोरखा क्षेत्र नम्बर १ मा रास्वपा, इलाम क्षेत्र नम्बर १ मा कांग्रेस र सङ्खुवासभा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अगाडि छन्।

फागुन २५, २०८२ सोमबार १५:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।