छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौं : देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-४, रौतहटको परोहा नगरपालिका-८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका-७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक/एक जनाको मृत्यु भएको हो।
त्यस्तै सर्लाहीको हरिवन नगरपालिका-२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
चितवनको कालिका नगरपालिका-९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका-९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
फागुन २४, २०८२ आइतबार १७:२५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।