लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं : देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे, दाङको घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउस, कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट उनीहरू पक्राउ परेका हुन्।

यसैगरी, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारबाट मानबहादुर दर्जीसहित तीन, घोराही-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, धनगढी-३ चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई र कृष्णपुर-२ स्याउले चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय कुवेर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन २४, २०८२ आइतबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।