समानुपातिक मतगणना : साढे ३८ लाख मत गन्दा, कुन दललाई कति मत ?
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापित राजनीतिक दलहरूलाई निकै पछाडि पार्दै शीर्ष स्थानमा छ।
हालसम्म गणना भएको ३८ लाख ३४ हजार ४३४ मतगणना हुँदा रास्वपाले १९ लाख तीन हजार १६४ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ लाख ४८ हजार ५४९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ५ लाख ५४ हजार ८४३ मतका साथ तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले २ लाख ५८ हजार ९४८ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा १ लाख ३९ हजार १२२ मत खसेको छ। तुलनात्मक रूपमा कम मत प्राप्त गर्ने दलहरूमा श्रम संस्कृति पार्टीले ८३ हजार १२५ र राष्ट्रिय परिवर्तन पार्टीले ४२ हजार ४९० मत प्राप्त गरेका छन्।
मतगणनाको पछिल्लो परिणामअनुसार कुल मतमध्ये रास्वपाको हिस्सा सबैभन्दा बढी रहने देखिन्छ। समानुपातिकतर्फको मतगणना अझै जारी रहेको छ।
फागुन २४, २०८२ आइतबार १४:५३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।