जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन बोकेर टोली पुग्यो प्रधानमन्त्री कार्यालयमा
काठमाडौं : भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालय पुगेका छन्।

सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको म्याद फागुन २४ सम्म रहेकाले उनीहरुले आजै प्रतिवेदन बुझाउन लागेका हुन्। प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएकी छिन्।

यसका लागि मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नुपर्छ।

फागुन २४, २०८२ आइतबार ११:४९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।