जित नजिक हर्क साम्पाङ, फराकिलो अग्रता
काठमाडौं : सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ जित उन्मुख दिएका छन्। निर्वाचनको मतगणनामा साम्पाङले फराकिलो अग्रता बनाएका छन्।
पछिल्लो प्राप्त मत परिणामअनुसार राईले ३१ हजार ७०६ मत प्राप्त गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १६ हजार ९५२ मतका साथ पछ्याइरहेकी छन्। मुख्य प्रतिस्पर्धी राई र तामाङबीचको १४ हजार ७५४ को मतान्तर रहेको छ।
त्यस्तै, उम्मेदवारहरूमा नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ५ हजार ३२६ मत प्राप्त गर्दा एमालेका टिकाराम लिम्बुले ४ हजार १२१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ २ हजार ७७७ मतका साथ पाँचौं स्थानमा छन्। राप्रपाका उद्धव श्रेष्ठले एक हजार तीन मत प्राप्त गर्दा अन्य २० जना उम्मेदवारहरूको पक्षमा सामान्य मत परिणाम देखिएको छ।
यहाँ ८७ हजार ८६५ मत खसेको थियो। हालसम्म गणना भएको मत र मुख्य प्रतिस्पर्धीबीचको झण्डै १५ हजारको मतान्तर रहेको हुँदा साम्पाङ जित नजिक देखिन्छन्।
फागुन २४, २०८२ आइतबार ०८:४८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।