भिक्ट्री साइन देखाएर नबोली हिँडे बालेन
झापा : ६८ हजार ३ सय ४८ मतसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेपछि बालेन्द्र शाह झापा ५ को निर्वाचन कार्यालय गएर प्रमाण पत्र लिए। रास्वपाबाट भावी प्रधानमन्त्रीमा प्रस्तावित उनलाई जिल्लाको एसपी वसुन्धरा खड्काले नै स्कटिङ गर्दै निर्वाचन कार्यालय लगेकी थिइन्।
कार्यालय पुगेर सबैलाई नमस्कार गरेका बालेनले प्रमाण पत्र लिएर भिक्ट्री (जित) को संकेत गरे। कार्यालयमा रहेका सबैसँग हात मिलाएर अनि बाहिरिए। सञ्चारकर्मीहरूले उनीसँग प्रतिक्रिया लिने प्रयास गरेका थिए। तर उनी बोलेनन्।
जारी मतगणनामा रास्वपा प्रस्ट बहुमतमा देखिएको छ। प्रत्यक्षमा करिब एक सय २० सिट जित्ने देखिएको छ भने समानुपातिकमा ५३ प्रतिशत मत देखिएकाले सरकार रास्वपाको नेतृत्वमा बन्ने देखिन्छ।
आफैँ गाडी चलाएका आएका उनी आफैँ गाडी चलाएर फर्किए। झापा ५ मा दोस्रो भएका ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका थिए। अन्य पार्टीका उम्मेदवारहरूको जमानत समेत जोगिएन।
फागुन २३, २०८२ शनिबार १९:१९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।