अछाम-१ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

अछाम-१ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता भरत कुमार स्वाँर  विजयी भएका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावललाई ५२६ मतले हराउँदै जित हासिल गरेका हुन्।

निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाएका छन्।

एमालेका उम्मेदवार दीपकबहादुर साउदले सात हजार ३८९, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याएका हुन्।  

फागुन २३, २०८२ शनिबार १६:०६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।