गुल्मी-१ मा सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी-१ मा सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन्।

ढकालले निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन्।

एमालेका ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन्।

फागुन २३, २०८२ शनिबार १५:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।