बारा–३ र ४ मा रास्वपा विजयी

बारा–३ र ४ मा रास्वपा विजयी

बारा : बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन्।

बारा–३ मा साहले ४० हजार ६९७ मत पाएका छन्। उनका निकटता प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याएका छन्। 

यस्तै, बारा–४ मा रहवर अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेका छन्। दाेस्राेमा रहेका एमालेका कृष्ण कुमार श्रेष्ठले ११ हजार ६३९ मत ल्याएका छन्। 

फागुन २३, २०८२ शनिबार १३:२७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।