डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडाैं : एक मात्र निर्वाचन क्षेत्र रहेकाे डाेटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्।

उनले कुल १४ हजार ८९७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्काले १३ हजार २७०, नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ मत प्राप्त गरेका छन्।

फागुन २३, २०८२ शनिबार ११:४४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।