बाँके-३ बाट रास्वपाका खगेन्द्र सुनार निर्वाचित
बुटवल : बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले १३ हजार २१५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन्।
फागुन २३, २०८२ शनिबार ०७:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।