काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
काठमाडाैं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम घोषणा पत्रअनुसार पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्।
उनले सर्वाधिक १८ हजार ७५७ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए।
कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा एमालेका उम्मेदवार रामेश्वर फुयालले तीन हजार ८१६ मत ल्याए।
फागुन २२, २०८२ शुक्रबार २१:५१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।