काठमाडौँ-६ मा रास्वपाका शिशिर खनाल २७ हजार मत ल्याएर विजयी

काठमाडौँ-६ मा रास्वपाका शिशिर खनाल २७ हजार मत ल्याएर विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन्।

खनालले २७ हजार ७१९ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले छ हजार ६४७ र एमालेका अमनकुमार मास्केले चार हजार ३७३ मत पाएको उनले बताए।

कुल ३४ हजार ४७३ मत खसेको थियो।

निर्वाचित खनाल पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै काठमाडौँ क्षेत्र नं ६ का निर्वाचित प्रतिनिधिसमेत थिए। उनले टेक फर नेपालमार्फत सात वर्ष सरकारी विद्यालयको गुणस्तर सुधार र अभियानमा नेतृत्व गरेका थिए।

तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गर्दै स्थानीय नीतिनिर्माणमा योगदान दिएका उनले सर्वोदय श्रमदान अभियानमार्फत नेपाल, श्रीलङ्का र अमेरिकामा सामाजिक रुपान्तरणमा सक्रिय भूमिका खेलेका छन्।

उनले सन् २०१५ भूकम्प पीडितका लागि राहत वितरणमा समन्वय गर्नुका साथै सन् २०२० मा टोलटोलमा सिकाइ अभियानका लागि वैकल्पिक शिक्षणको ढाँचा विकासमा जोड दिँदै आएका थिए। 

फागुन २२, २०८२ शुक्रबार १८:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।