जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि, दाेस्राेमा नेकपाका नरेश भण्डारी
जुम्ला : एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन्।
जिल्लाको कनकासुन्दरी गाउँपालिकाको पाँच हजार ६२ मत गणना हुँदा राप्रपाका शाहीले दुई हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।
शाहीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले एक हजार २३३ मत पाएका छन् भने एमालेका शान्तिलाल महतले २८१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।
यसैगरी, रास्वपाका विनीता कठायतले ३६ मत, प्रलोपाका मनऋषि धितालले आठ, नेमकिपाका बृषबहादुर रावतले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ। जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ।
समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ। जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ
फागुन २२, २०८२ शुक्रबार १८:२८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।