इलाम-२ मा एमालेका सुहाङको अग्रता
काठमाडाैं : इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
हालसम्मको मतपरिणाम अनुसार सुहाङले ९२४ मत पाएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ८४१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ४६३ र रास्वपा उम्मेदवार गोकुल बहादुर राईले ३१९ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम बहादुर गुरुङले १०६ मत पाएका छन्।
फागुन २२, २०८२ शुक्रबार १७:४७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।