डाेटीमा एमालेका धामी अगाडि, नेकपाका भट्ट पछ्याउँदै
काठमाडाैं : एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा एमालेका उम्मेदवार दीपक बहादुर धामीले अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणाम अनुसार धामीले एक हजार ७७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्टले ८०४ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका भरत बहादुर खड्काले ६३३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र बहादुर खड्काले ३६७ मत पाएका छन्।
फागुन २२, २०८२ शुक्रबार १७:१०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।