निर्वाचन अपडेट : ३५ स्थानमा मतगणना सुरू हुन बाँकी, कांग्रेस र एमाले १०-१० स्थानमा अगाडि

निर्वाचन अपडेट : ३५ स्थानमा मतगणना सुरू हुन बाँकी, कांग्रेस र एमाले १०-१० स्थानमा अगाडि

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १३० स्थानको मतपरिणाम अद्यावधिक भएको छ।

प्राप्त विवरणअनुसार देशभर अझै ३५ स्थानमा मतगणना सुरु हुन वा विवरण आउन बाँकी रहेको छ।

हालसम्म सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) दुई स्थानको अन्तिम परिणाम आइसकेको छ।

जसमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) र मुस्ताङ-१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।

निर्वाचन आयोगको ड्यासबोर्डमा देखिएको तथ्यांकअनुसार मतगणना भइरहेका स्थानमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शानदार प्रदर्शन गरिरहेको छ। रास्वपाले सर्वाधिक ९४ स्थानमा अग्रता कायम गरेको छ।

त्यसैगरी, नेपाली कांग्रेस र एमालेले समान १०-१० स्थानमा अग्रता लिएका छन्। नेपाल कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि छ।

यसैगरी, श्रम संस्कृति पार्टीले २ स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले समान १-१ स्थानमा अग्रता कायम गरेका छन्।

फागुन २२, २०८२ शुक्रबार १७:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।