नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछानेको फराकिलो अग्रता, कांग्रेस र एमाले पछाडि

नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछानेको फराकिलो अग्रता, कांग्रेस र एमाले पछाडि

विदुर : नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अच्युतम लामिछानेले फराकिलो अग्रता बनाएका छन्।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार लामिछानेले नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई पछि पार्दै अग्रस्थान कायम गरेका हुन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार रास्वपाका लामिछानेले ५ हजार ४३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वर नरसिंह केसीले २ हजार ९१९ मत ल्याएका छन्। लामिछाने कांग्रेसका केसीभन्दा २ हजार ५२० मतले अगाडि छन्।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले २ हजार ५११ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हिरानाथ खतिवडा १ हजार ७६९ मतसहित चौथो स्थानमा छन्।

यस क्षेत्रको मतगणना अझै जारी छ।

फागुन २२, २०८२ शुक्रबार १६:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।