काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलको अग्रता, कांग्रेस महामन्त्री पौडेल नाै हजार भन्दा बढी मतले पछि परे

काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलको अग्रता, कांग्रेस महामन्त्री पौडेल नाै हजार भन्दा बढी मतले पछि परे

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले अग्रता कायम गरेका छन्। 

४ बजेसम्मकाे मतपरिणाम अनुसार सस्मित पोखरेलले १३ हजार ७०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मतसहित पछ्याइरहेका छन्।  

त्यसैगरी एमालेका ईश्वर पोखरेल दुई हजार २७१ मतसहित तेस्रो स्थानमा छन्। अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ७४७ मत, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ५५५ मत पाएका छन्।

फागुन २२, २०८२ शुक्रबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।