झापा– १ मा रास्वपाका डाँगीको अग्रता
झापा : झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकि छन्।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार ७०२ मत प्राप्त गरेकि छन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डेले ५२५ र एमालेका रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फागुन २२, २०८२ शुक्रबार १४:३९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।