दाङका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि
देउखुरी : प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त गरे।
यहाँ नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, एमालेका रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरे।
यसैगरी, क्षेत्र नं २ मा तीन हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले दुई हजार ४२९ मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७, एमालेका शङ्कर पोखरेलले ५३८ र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन्।
यसैगरी, दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा तीन हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले एक हजार ५४० मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका दीपक गिरीले ८८१, एमालेका घनश्याम पाण्डेयले ३८५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
फागुन २२, २०८२ शुक्रबार १४:२०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।