चितवन- २ : रवि ४ हजार बढी मतले अगाडि
काठमाडौं : चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
१४ हजार २२ मतगणना हुँदा लामिछानेले छ हजार ७०० मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार अस्मिन घिमिरेले दुई हजार ३२९ मत पाएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले दुई हजार ३२२ मतसहित पछ्याइरहेकी छन्। त्यस्तै नेकपाका प्रताप गुरुङले एक हजार ५५७ मत ल्याएका छन्।
फागुन २२, २०८२ शुक्रबार १२:०७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।