काठमाडौं-१ मा रन्जु न्यौपाने नौ हजार बढी मतान्तरले विजयी
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु न्यौपाने फराकिलो मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्।
अन्तिम मतपरिणाम अनुसार उनले परम्परागत ठूला राजनीतिक दलका उम्मेदवारहरूलाई भारी मतान्तरले पछाडि पार्दै शानदार जित दर्ता गराएकी हुन्।
सार्वजनिक भएको अन्तिम तथ्यांक अनुसार विजयी भएकी रन्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्र प्राप्त गरे।
न्यौपानेले कांग्रेसका थापालाई ९ हजार ९१ मतको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो जित सुनिश्चित गरेकी हुन्।
यस क्षेत्रमा अन्य चर्चित दल र उम्मेदवारहरूको प्रदर्शन भने निकै कमजोर रह्यो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो स्थानमा सीमित भए।
त्यसैगरी, एमालेका उम्मेदवार मोहनराज रेग्मीले जम्मा १ हजार ६१२ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार मेनुका भण्डारीले ३४0५ मत मात्र ल्याइन्।
फागुन २२, २०८२ शुक्रबार १०:५२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।