आठ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी, शुक्रबार दिउँसोसम्म सङ्कलन सकिने
काठमाडौं : निर्वाचन आयोगले आठ वटा जिल्लामा हेलिकप्टरको प्रयोग गरी मतपेटिका ढुवानी गरेको छ। आयोगका अनुसार रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला लगायतका जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अन्य केही जिल्लाहरूमा पनि मतपेटिका ढुवानी कार्य जारी रहेको जानकारी दिए। उनले भने, "शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुनेछ।"
संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम र मनाङको मतपत्र शुक्रबार मात्र मतगणना स्थलमा पुग्ने ढुवानी हुने छ। भौगोलिक कठिनाइ रहेका मतदान केन्द्रहरूबाट हेलिकप्टरमार्फत मतपेटिका संकलन भइरहेको छ।
फागुन २१, २०८२ बिहीबार २२:३५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।