८९ वर्षीय अध्यक्ष जोशीद्वारा लौरो टेकेर मध्य बानेश्वरमा मतदान
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतदान गरेका छन्।
८९ वर्षीय जोशीले मध्य बानेश्वरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
उमेरले झन्डै नौ दशक पुगे पनि लौरो टेकेर मतदान केन्द्र पुगेका थिए।
फागुन २१, २०८२ बिहीबार १२:२५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।