समानुपातिक मत हाल्न देशभर १ सय ४३ वटा अस्थायी मतदान केन्द्र
काठमाडौँ : कारागार, सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल तथा सार्वजनिक संस्थानमा कार्यरत मतदाताका लागि निर्वाचन आयोगले देशभर १ सय ४३ अस्थायी मतदान केन्द्र तोकेको छ। यी मतदान केन्द्रमा समानुपातिकमा मात्र मत हाल्न पाइनेछ।
आयोगका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। महानगरपालिका–११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नागार्जुन नगरपालिका–३ को सशस्त्र प्रहरी बलको कार्यालय, भद्रकाली मन्दिर तथा जिल्ला प्रशासन कार्यालयका भवनमा अस्थायी मतदान केन्द्र तोकिएका छन्।
आयोगका अनुसार भक्तपुरमा दुई हजार ३०४, ललितपुरमा दुई हजार ५४९, काभ्रेपलान्चोकमा दुई हजार ४८१, मकवानपुरमा तीन हजार ३०७, चितवनमा तीन हजार १८५, नुवाकोटमा दुई हजार ९५६ र धादिङमा दुई हजार ८१८ अस्थायी मतदाता रहेका छन्। रसुवामा एक हजार पाँच, सिन्धुलीमा एक हजार ७७५, रामेछापमा दुई हजार ४२२, खोलखामा दुई हजार ३११ अस्थायी मतदाता रहेका छन्।
फागुन २०, २०८२ बुधबार १८:३६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।