रौतहटमा मदिरा सेवन र आचारसंहिता उल्लंघन : ६ जना पक्राउ, ४० विदेशी सवारी नियन्त्रणमा

रौतहटमा मदिरा सेवन र आचारसंहिता उल्लंघन : ६ जना पक्राउ, ४० विदेशी सवारी नियन्त्रणमा

रौतहट : होली मनाउने बहानामा मदिरा सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गर्ने ६ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरू सार्वजनिक स्थलमा जथाभावी रङ दल्ने, होहल्ला गर्ने र सर्वसाधारणलाई सास्ती दिएकाे आरोपमा पक्राउ परेका हुन्।

त्यसैगरी, आचारसंहिता विपरीत सञ्चालन भइरहेका ४० वटा विदेशी नम्बरका सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार ती साधनहरू विभिन्न सुरक्षा चेकजाँचका क्रममा समातिएका हुन्।

उनका अनुसार नियन्त्रणमा लिइएका ६ जना व्यक्ति र ४० वटै सवारी साधनका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले चाडपर्वका बेला कानुन विपरीतका गतिविधि नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ।

फागुन २०, २०८२ बुधबार १८:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।