पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्न विवेक प्रयोग गर्ने दिन भोली, धमाधम बन्दै छन् मतदान केन्द्र

पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्न विवेक प्रयोग गर्ने दिन भोली, धमाधम बन्दै छन् मतदान केन्द्र

काठमाडौं : जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे अवलोकन गर्न उकेराकर्मी मतदानको पुर्वसन्ध्यामा काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रहरूमा पुग्दा मतदान स्थल निर्माणको काम भइरहेको देखियो।

मतदाताले सहज ढंगले मतदान गर्न सकुन् भनेर प्रवेश स्थानदेखि मत हाल्ने ठाउँसम्मको व्यवस्थापनमा आयोगका कर्मचारीदेखि सुरक्षाकर्मीहरूसम्म सक्रिय देखिए।

महिला र पुरुषका छुट्टाछुट्टै लाइनको व्यवस्था गर्नेदेखि मत खसालिसकेपछि निस्कने ठाउँसम्म व्यवस्थापनमा उनीहरू व्यस्त थिए।

मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकमा मत हाल्ने छेकबार सहितको छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ। निर्वाचनका लागि जिम्मेवारी तोकिएका निर्वाचन अधिकृत सहितको कर्मचारी टोली, सुरक्षाकर्मी, निर्वाचन प्रहरी लगायतले मतदान केन्द्र निर्माणको काम गरिरहेका छन्।

फागुन २१ मा हुने प्रत्यक्ष र समानुपातिकको निर्वाचनमा ६८ राजनीति दल र स्वतन्त्र गरेर प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ जना उम्मेदवार छन्। यस पटक एक करोड ८९ लाख ३ सय ८९ मतदाता रहेका छन्।

फागुन २०, २०८२ बुधबार १७:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।