बुधबार २० फागुन, २०८२
मौन अवधिमा ललितपुर ३ मा कार्यालय खोलेर प्रचारमा नेकपा उम्मेदवार
काठमाडौं : निर्वाचन आचारसंहिता उलङ्घन गर्दै ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजकाजी महर्जनले कार्यालय मार्फत निर्वाचनको प्रचार गरिरहेको भेटिएको छ। सानेपामा रहेको कार्यालयमार्फत उनले मौन अवधिमा समेत प्रचार गरिरहेका हुन्।
उकेराले प्राप्त गरेको तस्बिरमा उनको निर्वाचन प्रयोजनका लागि खोलेको कार्यालय खुल्ला देखिन्छ भने त्यहाँ अन्य व्यक्तिहरू समेत रहेका छन्। सो क्षेत्रमा नेपाली कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ, रास्वपाबाट तोसिमा कार्की र एमालेबाट सन्दन थापा मगर उम्मेदवार छन्।
फागुन २०, २०८२ बुधबार १४:५९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।