९ वटा सुतली बमसहित वीरगञ्जबाट ३ जना पक्राउ

९ वटा सुतली बमसहित वीरगञ्जबाट ३ जना पक्राउ

वीरगन्ज : वीरगन्जमा सुतली बमसहित तीन जना पक्राउ परेका छन्।

बुधबार बिहान करिब २ बजे निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१६, इनर्वा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

संयुक्त गस्ती टोलीले घटनास्थलबाट ९ वटा सुतली बम, सुँगुरको एउटा टाउको र १० मिटर वाइरिङ तार बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

फागुन २०, २०८२ बुधबार १३:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।