एकैदिन तोलामा ११ हजार घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडाैं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ११ हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी ताेलामा दुई सय ७५ रूपैयाँ घटेर पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियाे।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन २०, २०८२ बुधबार ११:१९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।