सर्लाहीमा मतदान अधिकृतको मृत्यु

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

सर्लाही : सर्लाहीमा मतदान अधिकृतको मृत्यु भएको छ। राैतहटको माधव नारायण नगरपालिका ६  का ४२ वर्षीय रघुनाथ महतोकाे मृत्यु भएकाे हाे।

मंगलबार अचानक बेहोस भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उनी सर्लाहीकाे निर्वाचन क्षेत्र नं २ पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए।

महताे सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र कार्यरत थिए।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

फागुन १९, २०८२ मंगलबार १८:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।