लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुईजना पक्राउ
काठमाडौं : मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा ०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई १३२ ट्याब्लेट लागूऔषधसहित पक्राउ गरेको हो।
साथै प्रहरीले हाल फरार स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फागुन १९, २०८२ मंगलबार १६:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।