इन्सास राइफल र चार राउन्ड गोलीसहित भक्तपुरबाट एक जना पक्राउ

इन्सास राइफल र चार राउन्ड गोलीसहित भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर : भक्तपुरकाे सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्र्दै आएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरेको हो।

उनीबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद गरिएको छ। सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ।

फागुन १९, २०८२ मंगलबार १४:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।