ताेलामा २५ सय रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदी भने घट्याे
काठमाडाैं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज दुई हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी ताेलामा दुई सय पाँच रूपैयाँले घटेर पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रतितोला ६ हजार २० रूपैयाँमा कारोबार भएको थियाे।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन १९, २०८२ मंगलबार ११:१३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।