सर्लाही पुगेर मिराजले भावी प्रधानमन्त्रीमा गरे गगनलाई समर्थन

सर्लाही पुगेर मिराजले भावी प्रधानमन्त्रीमा गरे गगनलाई समर्थन

काठमाडौं : संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाले नेपाली कांग्रेसका सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन गरेका छन्। उनले सर्लाही पुगेर थापालाई आफ्नो समर्थन जनाएका हुन्।

ढुंगानाले अन्य दलकोभन्दा कांग्रेसको चुनावी 'प्रतिज्ञा पत्र' आफूलाई उत्कृष्ट र व्यावहारिक लागेपछि थापालाई समर्थन गर्ने निर्णय लिएको उकेरासँग बताए। उनले भावी प्रधानमन्त्रीका उम्मेदवारमध्ये मुलुकको नेतृत्वको लागि थापा उपयुक्त पात्र भएको उल्लेख गरे।

"अन्य दलको तुलनामा नेपाली कांग्रेसको प्रतिज्ञा पत्र राम्रो देखेपछि मैले भावी प्रधानमन्त्रीमा गगन थापालाई समर्थन गर्ने निर्णय गरेको हुँ," ढुंगानाले उकेरासँग भने, "सर्लाही पुगेरै मैले उहाँलाई आफ्नो समर्थन जनाएको छु।"

कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा सभापति थापालाई अघि सारेको छ। उनी सर्लाही- ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। ढुंगाना थापाको निर्वाचन क्षेत्रमै पुगेर आफ्नो समर्थन जनाएका हुन्। 

फागुन १८, २०८२ सोमबार १९:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।