रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी

रामेछाप : रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ। स्थानीयका अनुसार रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालयनजिकैको स्वामीडाँडा भीरबाट गाडी खसेको हो।

वडा नं २ स्थित देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन्।

गाडीमा कति मानिस सवार थिए भन्ने खुलेको छैन। गाडी भिरबाट खसेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए।

फागुन १८, २०८२ सोमबार १७:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।