निर्वाचनको चटारोबीच बसन्तपुरमा होलीको उमङ्ग (फोटो फिचर)

निर्वाचनको चटारोबीच बसन्तपुरमा होलीको उमङ्ग (फोटो फिचर)

काठमाडौं : रंगहरूको पर्व फागुपूर्णिमा (होली) सोमबार काठमाडौं उपत्यकासहित देशको पहाडी तथा हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ। एकापसमा रंग दल्ने, लोला हान्ने र आत्मीयता साटासाट गर्दै आपसी सद्भावको साथ यो पर्व मनाइछन्।

देश यतिबेला चुनावी सरगर्मीमा छ। अधिकांश नागरिक निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् भने कतिपय मतदानका लागि आफ्नो स्थायी थातथलो फर्किएका छन्। जसका कारण उपत्यकाका सडकहरूमा विगतका वर्षहरूको तुलनामा भीडभाड केही कम देखिएको छ।

यद्यपि, काठमाडौंको ऐतिहासिक पर्यटकीय क्षेत्र वसन्तपुरमा भने होलीको रौनक बेग्लै देखिएको छ। यहाँ ठूलो संख्यामा जम्मा भएका स्वदेशी युवायुवतीका साथै विदेशी पर्यटकहरू होलीको रंगहरुमा झुमेका छन्। एकापसमा अबिर र विभिन्न रंगहरू दल्दै, पानी छ्यापेर र नाचगान गर्दै उनीहरूले उत्सव मनाइरहेका छन्।

उत्सवको उल्लासका बीच कुनै घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ। पर्वलाई सभ्य, मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ।

फागुन १८, २०८२ सोमबार १५:०४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।