सुनको मूल्य दुई दिनमा ११ हजार दुई सय बढ्यो, चाँदी पनि महँगियो
काठमाडाैं : नेपाली बजारमा साेमबार सुनचाँदीकाे मुल्य बढेकाे छ।
आइतबार तोलामा पाँच हजार छ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि सोही दरले वृद्धि हुँदा दुई दिनमै प्रतितोला ११ हजार २ सय रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार पाँच सय रूपैयाँ कायम भएकाे छ। आइतबार सुनको मूल्य तीन लाख २० हजार पाँच सय रुंपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीकाे मूल्य तोलामा ३५ रुपैयाँले बढेर छ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार तीन सय ६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
फागुन १८, २०८२ सोमबार ११:४०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।