सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भिर घाइते
काठमाडौं : सिरहामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोक्किँदा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।
आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन १८, २०८२ सोमबार ११:१०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।