सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडाैं : आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अंकले बढेको छ। नेप्से ०.७२ प्रतिशतले बढेर २६७४.२० विन्दुमा कायम भएकाे छ।
आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजारको कारोबार भएको छ।
१८७ वटा कम्पनीको सेयर मूल्य बढको छ भने ६४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज सबै समूहको उपसूचक बढेको छ।
साल्पा विकास बैंक लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य चार दशमलव १६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ३६ करोड पाँच लाख तीन हजार १४० बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
फागुन १७, २०८२ आइतबार १५:४२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।