इजरायल - इरान तनाव : खाडी मुलुक जाने नेपालीको श्रम स्वीकृति स्थगित
काठमाडौं : इजरायल, अमेरिका र इरानबीच जारी युद्धका कारण नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय गरेको हो। वैदेशिक रोजगारीका लागि सम्बन्धित देश जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका श्रमिकहरूलाई समेत सुरक्षा स्थितिका कारण घर फर्कन सरकारले अनुरोध गरेको छ।
इजरायल र अमेरिकाले इरानमाथी सैन्य आक्रमण गरेपछी इरानले बदलामा युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको छ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि युद्ध प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराएको छ।
नेपाली श्रमिकहरूको समस्या सुन्न र आवश्यक जानकारी प्रदान गर्न श्रम मन्त्रालयले आफ्नो कल सेन्टरलाई २४सै घण्टा सक्रिय बनाएको छ।
फागुन १७, २०८२ आइतबार १५:२८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।