मजदुरी गर्दै एमबिबिएसमा नाम निकालेका सत्यनारायणले लगाए ‘सेतो एप्रोन’

मजदुरी गर्दै एमबिबिएसमा नाम निकालेका सत्यनारायणले लगाए ‘सेतो एप्रोन’

दाङ : आर्थिक अभावका बीच मजदुरी गर्दै एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल सत्यनारायण साफीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘सेतो एप्रोन’ लगाएका छन्।

प्रतिष्ठानले आयोजना गरेको ‘ह्वाइट कोट सेरेमनी’ मा सिरहाको बरियारपट्टीका साफीसहित एमबिबिएस दोस्रो ब्याचका ५० जना विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गर्दै एप्रोन प्रदान गरिएको हो।

प्रतिष्ठानका निमित्त उपकुलपति डा. श्याम लम्साल लगायतका पदाधिकारीले विद्यार्थीहरूलाई एप्रोन लगाइदिँदै हौसला प्रदान गरेका थिए।

अति विपन्न दलित परिवारका सत्यनारायणले निर्माण क्षेत्रमा मजदुरी गर्दै एमबीबीएसको तयारी गरेका थिए। चिकित्सा शिक्षा आयोगको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाले पनि उनलाई खान, बस्न र शैक्षिक सामग्री जुटाउन धौ-धौ परेको छ।

आमाले ऋण खोजेर भर्ना गरिदिए पनि पढाइ पूरा गर्न करिब १५ लाख खर्च लाग्ने देखिएपछि उनले सरकार तथा सहयोगी मनहरूसँग सहयोगको अपिल गरेका छन्।

फागुन १७, २०८२ आइतबार ११:५१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।