ताेलामा ५६ सय रूपैयाँ बढ्यो सुनकाे मूल्य, चाँदी पनि महंगियाे

ताेलामा ५६ सय रूपैयाँ बढ्यो सुनकाे मूल्य, चाँदी पनि महंगियाे

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबारकाे तुलनामा सुनकाे मूल्य आज पाँच हजार छ सय रूपैयाँ बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीकाे मूल्य पनि बढेकाे छ। आज चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेर पाँच हजार नाै सय ८५ मा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला पाँच हजार सात सय ४० रुपैयाँमा काराेबार भएकाे थियाे। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फागुन १७, २०८२ आइतबार ११:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।